शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

छुट्टा–छुट्टै दुर्घटनामा दुईको मृत्यु

बुधबार, ०९ मङ्सिर २०७२, ११ : ५९
बुधबार, ०९ मङ्सिर २०७२
दाङ–दाङ र प्यूठानमा दुई छुट्टा–छुट्टै दुर्घटनामा परि र्दुइ जनाको ज्यान गएको छ । नम्बर नखुलेको गाडीले ठक्कर दिँदा तुलसीपुर–४ निवासी १८ वर्षीय सुमन विकको ज्यान गएको तुलसीपुर प्रहरीले जनाएको छ । आज बिहान मर्निङ् वाकमा निस्किएका विकलाई घोराहिबाट तुलसीतर्फ आउँदै गरेको गाडीले तुलसीपुर–६ हात्तिखवामा ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीको भनाईलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईले जानकारी दिएका छन् । गाडीको ठक्करबाट घाइते भएका विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । उता प्युठानमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । गएराती करीब १० बजेको समयमा श्रीमती इन्दु परियारलाई कुटपीट गरेर हत्या गर्ने ३३ बर्षका सुन्दर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्युठानका प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिएका छन् । परियारलाई कर्तव्य ज्यानसम्बनिध मुद्दा चलाउने कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप