शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पेरुमा ७.५ रिक्टर स्केलको भूकम्प

बुधबार, ०९ मङ्सिर २०७२, १५ : १०
बुधबार, ०९ मङ्सिर २०७२
लिमा–पेरुमा मङ्गलबार अपराह्न ७.५ रिक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पबाट उत्तरपश्चिममा पर्ने सहर इबेरिया प्रभावित भएको पेरु भू–शास्त्र अध्ययन संस्थाले जानकारी दिएको छ । यस भूकम्पको केन्द्र विन्दु ६०० किलोमटिर गहिराईमा आमाजोनिान क्षेत्रदेखि दुर्गम इलाकामा रहेको जनाइएको छ । प्रारम्भिक समाचारमा यस भूकम्पबाट हताहत भने नभएको स्थानीय अधिकारीहरुले जनाएका छन् । तर नागरिक प्रतिरक्षा मन्त्रालयले भने भूकम्प प्रभावित क्षेत्रमा भएका क्षतिहरुको निरीक्षण सुरु गरिएको जनाइएको छ । यस भूकम्पको कम्पन ब्राजिल, बोलिभिया, चिली, कोलोम्बिया, इक्वेडर र अर्जेन्टिनामा समेत महसूस गरिएको सञ्चारमाध्यमहरुले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार पेरुको सोही क्षेत्रमा केही घण्टापछि ५.९ रिक्टर स्केलको पराकम्पन गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप