सामसुङको दशैं बोनान्जाको ह्यूण्डे क्रेटा कारकोे विजेता घोषित
बुधबार, ०९ मङ्सिर २०७२, १५ : २८
काठमाडौं–सामसुङले सञ्चालन गरेको दशैं बोनान्जा नामक योजना अन्तर्गत सामसुङ नेपालले ‘ग्राण्ड प्राईज, ह्यूण्डे क्रेटा कार’ को विजेता घोषणा गरेको छ । यो योजना आश्विन ४ देखि कात्तिक २९ गतेसम्म लागू गरिएको थियो ।
यो योजना अन्तर्गत हरेक दिन तीन जनाले ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जूम, ग्यालेक्सी एस सिक्स मोबाईल, हरेक दिन एक जनाले ग्यालेक्सी टयाब टि ७०५, हरेक १५ दिनमा एक जनाले बजाज पल्सर २०० आरएस जितेका थिए भने योजनाको अन्तिममा ग्राण्ड प्राईजमा ह्यूण्डे क्रेटा कार राखिएको थियो ।
यस योजनाको सर्वाधिक आर्कषण मानिएको ग्राण्ड प्राईजमा यस अवधिमा सामसुङ मोबाईल खरिद गरेका सबै ग्राहकहरुमध्ये लक्की ड्र का आधारमा भाग्यशालि विजेता, सिरियल नं R21g9285f0f का बलम्बू थानकोट निवासी मनिता महर्जन घोषित भएकी छिन् ।
सामसुङ नेपालले सञ्चारकर्मीहरुको उपस्थितिमा यो नतिजा सार्वजनिक गरेको हो । ईमेज च्यानलको चर्चित कार्यक्रम म्यूजिक अफ योर चोईस मा प्रत्यक्ष प्रशारण मार्फत लक्की ड्र गरि विजेता घोषण गरिएको हो । यहि असोज ४ गतेदेखि कातिक २९, २०७२ सम्म करिब २ महिना लामो अवधिको लागि सञ्चालन भएको दशैं बानान्जा योजनामा धेरै ग्राहकहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण