ग्लोबल आइएमई बैंकको नयाँ शाखा सुकेधारामा
बुधबार, ०९ मङ्सिर २०७२, १५ : ३०
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सुकेधारामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सुकेधारामा खोलिएको नयाँ शाखा र सोही स्थानमा खोलिएको एटिएम सेवाको ग्लोबल आइएमई बैंकका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी श्री अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याललगायतको उपस्थिति रहेको थियो । सुकेधारा शाखासँगै काठमाडौँ उपत्यकाभित्र मात्रै ग्लोबल आइएमई बैंकको शाखा संख्या ३१ पुगेको छ भने काठमाडौँ उपत्यकाभित्र एटिएम संख्या ४६ पुगेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
हाल बैंकको ६३ अर्ब निक्षेप ५२ अर्ब भन्दा बढि कर्जा प्रवाह, ८८ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९३ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।
त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापानलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण