शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको नयाँ शाखा

बिहीबार, १० मङ्सिर २०७२, ०८ : १०
बिहीबार, १० मङ्सिर २०७२
काठमाण्डौ-ग्लोबल आइएमई बैंक लिमिटेडले मंसिर ९ गते देखि काठमाण्डौँ जिल्लाको सुकेधारामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सुकेधारामा खोलिएको नयाँ शाखा र सोही स्थानमा खोलिएको एटिएम सेवाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्ध्घाटन गरे । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिती रहेको थियो । सुकेधारा शाखासंगै काठमाण्डौँ उपत्यका भित्र मात्रै ग्लोबल आइएमई बैंकको शाखा संख्या ३१ पुगेको छ भने काठमाण्डौँ उपत्यका भित्र एटिएम संख्या ४६ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । हाल बैंकको ६३ अर्ब निक्षेप ५२ अर्ब भन्दा बढि कर्जा प्रवाह, ८८ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९३ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप