कांग्रेस सभापति कोइराला र मधेसी गठबन्धनबीच छलफल
मङ्गलबार, १५ मङ्सिर २०७२, १२ : ३०
काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेसी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् ।
कोइराला निवास महाराजगञ्जमा आज भएको छलफलमा गठबन्धनका नेताहरुले तराई–मधेस र थरुहट क्षेत्रमा भइरहेको आन्दोलनको उचित सम्बोधनका लागि गठबन्धनले अघि सारेको संविधान संशोधनको नौ सुत्रीय मागका बारेमा ध्यानाकर्षण गराएका छन् ।
गठबन्धनले सभापति कोइरालालाई आफ्ना मागको बारेमा जानकारी गराउँदै त्यसमा सामान्य छलफलसमेत भएको तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले जानकारी गराए ।
गठबन्धनका नेताहरुले मधेसको आन्दोलनका माग सम्बोधनका लागि काँग्रेस, नेकपा ९एमाले० र एकीकृत नेकपा ९माओवादी० को समान धारणा नभइ समस्या समाधान हुन नसक्ने बताएका थिए ।
काँग्रेसले तराई आन्दोलनको माग सम्बोधनका लागि व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधनको प्रस्ताव अपर्याप्त भएको भन्दै गठबन्धनले आन्दोलनको मागको समग्र विषयलाई हेर्न र एउटै प्याकेजमा संशोधनको प्रक्रियालाई अघि बढाउन आग्रह गरेको संयोजक गुप्ताले बताए ।
भेटमा सभापति कोइरालाले उक्त मागका बारेमा पार्टीमा छलफल गरिने बताएको उनले जानकारी दिए । “काँग्रेसले यसमा विशेष पहल गर्नुपर्ने र प्रमुख प्रतिपक्षी दल भएकाले काँग्रेसले गरेको पहल परिणाममुखी हुने गठबन्धनको विश्वास छ” उनले भने ।
मधेस आन्दोलनको मागका बारेमा सबै तराई केन्द्रित दलका समान माग रहेको बताउँदै उहाँले सीमाङ्कनका साथै प्रतिनिधित्व प्रणाली र समावेशीकरणका विषय नै मुख्य माग रहेको अवगत गराए ।
गठबन्धनमा तराई मधेस राष्ट्रिय अभियानका साथै शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सदभावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण