बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने

मङ्गलबार, १५ मङ्सिर २०७२, १४ : २०
मङ्गलबार, १५ मङ्सिर २०७२
इलाम– नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले आफ्नो पार्टीले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित कार्यकर्ता भेटघाटका अवसरमा नेता आचार्यले संविधानप्रति असन्तुष्ट दललाई समेत वार्ताको माध्यमबाट संविधान संशोधन प्रक्रियामा सहभागी गराउनुपर्ने बताए । नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण समस्या सिर्जना भइरहेकाले काङ्ग्रेसले समेत नाकाबन्दी हटाउनका लागि विशेष पहल गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप