बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पुनर्बहालीको माग गर्दे क्यासिनो मजदुर आन्दोलित

मङ्गलबार, १५ मङ्सिर २०७२, १४ : १०
मङ्गलबार, १५ मङ्सिर २०७२
काठमाडौँ– पुनर्बहालीको माग गर्दै लाजिम्पाटस्थित साङ्ग्रिला क्यासिनोका ४५० मजदुर ६८ दिनदेखि आन्दोलनमा उत्रेका छन् । आन्दोलित मजदुरले आज क्यासिनो साँग्रिलामा भेला भएर १० वर्षदेखि काम गरेका मजदुरलाई वेवास्ता गरी नयाँ कामदारलाई भर्ना गरेको भन्दै आन्दोलनमा उत्रेका हुन् । ती मजदुरहरु दुई वर्षअघि क्यासिनोबाट निकालिएका थिए । मलेसियन कम्पनी स्टार मेनेजमेन्ट प्रालिले काममा राखेका मजदुरलाई नयाँ मालिकले बेवास्ता गरी नयाँ कामदार राखेपछि आन्दोलन गरेका हुन् । आन्दोलनमा समर्थन जनाउँदै एकीकृत नेकपा ९माओवादी०का केन्द्रीय सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष शालिकराम जमरकट्टेलले निरन्तर १० वर्षसम्म काम गरेका मजदुरलाई निकालेर नयाँ मानिसलाई भर्ना गर्नु गैरकानुनी भएको बताए । उनले वार्ता र संवादबाट समस्याको समाधान खोज्न आन्दोलनरत पक्ष र क्यासिनो सञ्चालकलाई आग्रह गरे । नेपाली काँग्रेस समर्थित नेपाल ट्रेड युनियन काँग्रेसका नेता रामजी कुँवरले कयौँ मजदुर परिवारको रोजीरोटी खोसेर नयाँ मानिस भर्ना गर्न नहुने भन्दै यो निर्णय तत्काल नसच्याए होटल बन्द गर्ने चेतावनी दिए । नेकपा९एमाले० समर्थित जिफन्टका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले श्रम मन्त्रालयले पुनर्बहाली गर्न निर्देशन दिएपनि मालिकले पुनर्बहाली नगर्नु दुःखद भएको बताए । नेकपा–माओवादी समर्थित मजदुर सङ्घका अध्यक्ष सोनेला शाह, मजदुर नेता योगेन्द्र कुमाललगायतले श्रम ऐन, २०४८ लाई लागू गर्न क्यासिनो सञ्चालकलाई आग्रह गरे । संयुक्त सङ्घर्ष समितिका संयोजक अरविन्द झाले पैसाको चलखेलमा लागेर पुराना कामदारलाई हटाएको भन्दै आक्रोश व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप