कृषिलाई आधुनिकीकरण गर्न सरकार क्रियाशील : मन्त्री पाण्डे
मङ्गलबार, १५ मङ्सिर २०७२, १४ : २८
काठमाडौँ– उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सरकार किसानको कल्याण गर्न परम्परागत कृषिलाई आधुनिक कृषिमा रुपान्तरण गर्न क्रियाशील रहेको बताएका छन् ।
कृषिको उत्पादकत्व सुधार र किसानको कल्याणमा आम सञ्चारकर्मीको भूमिका विषयक तीन दिने राष्ट्रिय गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । नेपालको आर्थिक विकास कृषिबाट अघि बढाउन उनले जोड दिए । नेपालको कृषिमा ७१ प्रतिशत जनता निर्भर रहेको र ३१ प्रतिशत कूल ग्रार्हस्थ उत्पादनमा योगदान दिने गरेको र कृषिको उत्पादकत्व दर ३।०१७ प्रतिशत रहेको तथ्याङ्क उनले पेस गरे ।
मन्त्री पाण्डेले कृषिको उत्पादकत्व बढाउन राज्यले कृषकका लागि रासायनिक मल तथा उन्न्त् बीउबिजनमा अनुदान दिएको विषयलाई आमसञ्चार माध्यमले किसानसम्म पु¥याउन आवश्यक रहेको बताए । नेपालले चालु आवमा रु एक खर्ब ३१ अर्बको कृषि उपज आयात गरेको भन्दै उनले सो परिमाणको कृषि उपज नेपालमै उत्पादन हुनेसक्ने उल्लेख गरे ।
नेपालले रु १४ अर्बको धान, रु पाँच अर्ब ६७ करोडको मकै र रु ६७ करोडको दूध आयात गरेको छ । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव जयमुकन्द खनालले सरकारले कृषि विकासमा अनुदान दिएको भए पनि उक्त विषयको जानकारी आमजनातासम्म पु¥याउन आम सञ्चार माध्यमले विशेष भूमिका खेल्नुपर्ने बताए । समारोहमा जापान कृषि उत्पादकत्व सङ्गठनका निर्देशक गोसिल्टो फर्नान्डोले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको उत्पादकत्व दर बढाउँदै लैजानुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अन्जना ताम्राकारले किसानको कल्याणका लागि पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिए । राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, ललितपुर उद्योग वाणिज्य सङ्घ र एसियाली उत्पादकत्व वृद्धि सङ्गठनको आयोजनामा भएको सो गोष्ठीमा विभिन्न सञ्चार माध्यमका गरी तीस जना पत्रकार र कृषि विज्ञको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण