आइएसविरुद्ध केन्द्रित हुन राष्ट्रपति ओबामाको आग्रह
बुधबार, १६ मङ्सिर २०७२, ०८ : ५१
ब्रसेल्स– अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसिया र टर्कीलाई आफ्ना आन्तरिक विवादको अन्त्यगरी इस्लामिक स्टेटविरुद्धको कारबाहीमा केन्द्रित हुन आग्रह गरेका छन् ।
उनले फ्रान्सको राजधानी पेरिसमा टर्कीका आफ्ना समकक्षी रिसिप तैइब अर्दागानसँग भएको भेटघाटका क्रममा मङ्गलबार सो धारणा राखेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले पछिल्लो समयमा टर्की र रसियाबीच जारी रहेको आक्रमणका कारण उत्पन्न परिस्थितिप्रति लक्षित गरी सो धारणा राखेका हुन् ।
हालैमात्र सिरियामा हमला गर्ने क्रममा रसियाको एक युद्धक विमान टर्कीले आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको भनी खसालिदिएको थियो ।
सो घटनापछि पहिलो पटक अमेरिकी राष्ट्रपति ओबामाले दिनुभएको प्रतिक्रियामा सो धारणा राखेका हुन् ।
उनले भने– “मेरो स्पष्ट धारणा यो छ कि टर्कीले आफ्नो आकासको रक्षा गर्न पाउछ र उसले सो अधिकार पनि राख्छ ।”
तर उनले अब यी सबै विगतका घटनाक्रमहरुलाई तन्काएर कुनै फाइदा नरहेकाले आगामी दिनमा एक भएर आइएसविरुद्धको कारबाहीका लागि लाग्नु नै श्रेयस्कर हुने बताए ।
उनले वर्तमान विश्वमा हेर्दा हाम्रो साझा सत्रु भनेको आइएस हो र उसका विरुद्धमा लाग्न नै म सबैलाई अहिलेको अवस्थामा आग्रह गर्छु– राष्ट्रपति ओबामाले भने ।
हाल विश्वका नेताहरु जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिताका लागि फ्रान्सको राजधानी पेरिसमा रहेका छन् ।
गत नोभेम्बर १३ मा पेरिसमा भएका आतङ्कवादी हमलाहरुमा कम्तीमा पनि १३० जनाको ज्यान गएको थियो । आइएसले सो हमला गरेको थियो ।
उक्त आतङ्कवादी हमलाको महिनादिन भित्रै सुरु भएको यस सम्मेलनमा आइएसका विरुद्धमा गरिनुपर्ने कारबाहीका बारेमा व्यापकमात्रामा चर्चा भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण