एचआइभी सङ्क्रमित बालबालिकालाई न्यानो कपडा प्रदान
बुधबार, १६ मङ्सिर २०७२, ०८ : ५७
मोरङ– विश्व एड्स दिवसका अवसरमा एचआइभी सङ्क्रमित बालबालिकालाई मङ्गलबार बेलुका विराटनगरमा न्यानो कपडा प्रदान गरिएको छ ।
जिल्ला एड्स समन्वय समितिको सहकार्यमा स्पर्श नेपाल नामको संस्थाले एक समारोहको आयोजना गरी आमाबाबु अथवा अन्य कारणले एचआइभी सङ्क्रमित हुन पुगेका विपन्न परिवारका एचआइभी सङ्क्रमित २० बालबालिकालाई न्यानो कपडा प्रदान गरेको हो । स्पर्श नेपालले समाजसेवी मोहन मन्जरीको सहयोगमा उनीहरुलाई पोसाक प्रदान गरेको जिल्ला एड्स समन्वय समिति मोरङका संयोजक झमक भट्टराईले जानकारी दिए ।
सो अवसरमा लागुऔषध प्रयोगकर्ता तथा अन्य लत छुटाउन सुधार गृहमा बसेका १० जनाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण