सिन्धुपाल्चोकमा अनुगमन तीव्र बनाएपछि कालोबजारीमा कमी
बुधबार, १६ मङ्सिर २०७२, १४ : ०८
मेलम्ची–सिन्धुपाल्चोकमा बजार अनुगमनलाई तीव्र बनाइएपछि कालोबजारीमा कमी आएको स्थानीय बताउँछन् ।
प्रहरीले कालोबजारी गर्ने र गराउने दुवैलाई पक्राउ गरी कारबाही गर्न थालेपछि कालोबजारी गर्नेहरु सक्रिय नभएको बाह्रबिसेका स्थानीय बासुदेव बडालले बताए ।
दुईदिन अघिमात्र नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौँबाट दुई जना निरीक्षक, नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँबाट एक जना निरीक्षक, सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुखको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा राम्चे–७ स्थित राम्चे बजारमा रहेको सेराप इन्टरप्राईजेज पेट्रोल पम्पमा डवल गियर प्रयोग गरी कम पेट्रोलियम पदार्थ वितरण गरी सर्वसाधारणलाई झुक्याइ ठगी गर्ने गर्दै आएकाले सो पम्पको सम्पुर्ण कारोबार रोक्का गरी शिल लगाई थप अनुसन्धानका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौँ पठाइएको बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।
बाह्रबिसे–१ स्थित खुर्सानीबारीमा रहेको सिन्धु आयल स्टोर पेट्रोल पम्पमा लगाइएका शिल बिगारिएको अवस्थामा रहेकाले सो पम्पमा बाहिरबाट शिल गरी गुणस्तर तथा नापतौल विभाग काठमाडौँमा मुद्दादायर गरी थप अनुसन्धान गर्ने बताए ।
माङ्खा–६ अँधेरी आयल स्टोर र फुल्पिङडाडा–८ मा रहेको सुनकोसी आयल स्टोर भने सही रहेको नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौँबाट आउनुभएका निरीक्षक अर्जुन ढकालले बताए । शिल लगाइएका पम्पका सञ्चालकलाई भने नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौँले अनुसन्धानपछि कारबाही गर्ने पनि ढकालले जानकारी दिए ।
नाकाबन्दीको मौकाछोपी अहिले व्याप्त कालोबजारी नियन्त्रणमा नागरिक आफू पहिला सचेत हुन र कालोबजारी गरी ठगी गरेमा तुरुन्त प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण