बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नवलपरासीमा २८ वर्षीय युवकलाई जिउँदै आगो लगाइयो, आगो लगाउने ३ जना पक्राउ

बुधबार, १६ मङ्सिर २०७२, १४ : ३८
बुधबार, १६ मङ्सिर २०७२
नवलपरासी–मधेसी मोर्चाका कार्यकर्ताले सनई–९ पडरीमा एक युवकलाई जिउँदै आगो लगाएका छन् । डिजेल लिएर मोटरसाइलमा आउँदै गरेका २८ वर्षीय घिराउ यादवलाई बिहान ११ बजेतिर आगो लगाएका हुन् । लु.१प. २०१७ नम्बरको मोटरसाइकलमा डिजेल लिएर आउँदै गरेका यादवलाई डिजेल तस्करी भन्दै आगो लगाएका हुन् । उनको मोटरसाइकल समेत जलेर नष्ट भएको छ । घाइते यादवको दुवै खुट्टामा असर परेको छ भने उनको अहिले पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते यादवको अवस्था राम्रै छ । जिउँदै आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजेश सैथवार, सिप कुमार यावद र शेख मियाँ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप