विश्वविद्यालयमा राजनीति प्रवेशको अवसर नदिऊँ : राष्ट्रपति
बुधबार, १६ मङ्सिर २०७२, १५ : ०४
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्राज्ञिक मूल्य, मान्यता र मर्यादा कमजोर भएपछि नै विश्वविद्यालयमा राजनीतिको प्रवेशका लागि अवसर बढ्ने भएकाले प्राज्ञिक मूल्य मान्यता र मर्यादालाई मजबुत बनाउन कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको एकचालिसौँ दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा आज सम्बोधन गर्दै उनले त्रिविलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट केन्द्रका रुपमा विकसित गर्न के–कस्ता कानुनी परिवर्तन आवश्यक छन् भन्ने खाका यथाशीघ्र तयार हुने अपेक्षा पनि व्यक्त गरे ।
राष्ट्रपति भण्डारीले भने, ‘‘त्रिविका केही सङ्कायमा अझै प्रभावकारी रुपमा शैक्षिक कार्यतालिका लागू हुन नसकी विद्यार्थीले तोकिएको समयमा आफ्नो अध्ययन पूरा गर्न पाएका छैनन् । भौतिक साधनको हालत नाजुक छ । पठनपाठन र व्यवस्थापनका लागि सूचना प्रविधिलगायतका अन्य आधुनिक प्रविधि यथोचितरुपमा प्रयोग गर्न सकिएको छैन ।”
उनले नयाँ संविधान घोषणा भइसक्दा पनि केही राजनीतिक समस्या अझै विद्यमान रहेको र देश ठूलो सङ्कटबाट गुज्रिरहेको भन्दै अब कुनै पनि बहानामा द्रुतगतिमा विकासतर्फ उन्मुख बाटोबाट विचलित हुने कार्य क्षम्य हुन नसक्ने बताए ।
राष्ट्रपति भण्डारीले देशको द्रुत विकास सरकार, राजनीतिक पार्टी, सरकारी तथा गैह्रसरकारी सङ्घसंस्था, निजी क्षेत्र, पेसागत संस्था र आम जनसमुदायको हातेमालोबाट मात्र सम्भव हुने र यी कार्यमा उपयुक्त वातावरण सिर्जना गर्न विश्वविद्यालयको अहम् भूमिका रहने स्पष्ट गरे ।
उनले युवाको ठूलो शैक्षिक जमात वैदेशिक रोजगारीमा रहनु विकासको चुनौतीका रुपमा रहेको र स्वरोजगारीका लागि आवश्यक ज्ञान, प्रविधि, सीपसमेत उच्चशिक्षाको पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भन्नेमा ध्यान दिन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण