अल कायदाले यमनको एक दक्षिणी नगर कब्जा ग¥यो
बुधबार, १६ मङ्सिर २०७२, १५ : ०९
आदेन– यमनको एक दक्षिणी नगर अल कायदाका लडाकूले कब्जा गरेका छन् । उक्त नगर आतङ्ककारीहरुले यमनमा आक्रमण गर्ने प्रयोजनका लागि सजिलो नाका रहेको पाइएको जनाइएको छ ।
बुधबार उनीहरुले दक्षिणी नगर जार कब्जामा लिएका छन् । जार अबियान प्रान्तमा पर्दछ । यस नगरको मुख्य सहर आदेन र मुकालाको प्रमुख प्रवेशद्वारसँग सम्बन्ध रहेको बताइन्छ ।
उक्त नगर कब्जामा लिनुअघिसम्म सो नगरमा व्यापक मात्रामा भिडन्त भएको थियो । सो भिडन्तमा परी कम्तीमा पनि सात जनाको ज्यान पनि गएको बताइएको छ ।
यमनको सैनिक स्रोतले दिएको जानकारीअनुसार सो दक्षिणतर्फको अर्को सहर हाद्रामातबाट सो नगरमा अल कायदाका लडाकूहरुले हमला गरेका थिए ।
बुधबार बिहानीपखदेखि जार नगरका सरकार समर्थित सेना र अल कायदाका लडाकूबीच व्यापक मात्रामा भिडन्त भएको थियो ।
सो भिडन्तमा परी कैयौँको सङ्ख्यामा सरकारी सेना र सरकार समर्थित सैन्य दस्ताका सदस्यहरु घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण