बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बग्दाद हमलाको महासचिव बानद्वारा निन्दा

बुधबार, १६ मङ्सिर २०७२, १५ : ४७
बुधबार, १६ मङ्सिर २०७२
संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले इराकको राजधानी बग्दादमा मङ्गलबार गरिएको हमला र हत्याको घटनाको निन्दा गरेका छन् । उनले उक्त हत्या अन्तर्राष्ट्रिय कानुनको विरुद्ध भएको भन्दै यसका दोषीमाथि कडा भन्दा कडा कारबाही गरिनुपर्नेमा जोड पनि दिएका छन् । मङ्गलबार राजधानी बग्दादमा भएको हमलामा परी १५ जना सर्वसाधारणको ज्यान गएको छ । सो हमलामा अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । बग्दादको सिया मुस्लिम समुदायका नागरिकहरुले आफ्नो धार्मिक तथा परम्परागत पर्व मनाइरहेका बेला सो हमला भएको बताइएको थियो । बुधबार महासचिव बानले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– यस्तो आतङ्कवादी हमला कुनैपनि हालतमा मान्य नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप