बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तस्करसँग पेट्रोल खोसी नष्ट गर्न खोज्दा मोर्चाको कार्यकर्ता घाइते, घाइतेको अवस्था गम्भिर

बुधबार, १६ मङ्सिर २०७२, २१ : ०९
बुधबार, १६ मङ्सिर २०७२
जलेश्वर– महोत्तरीको सम्सीमा बुधवार साँझ भारतबाट तस्करी गरि ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाईते भएका छन । उनको अवस्था गम्भिर रहेको छ भने तुरुन्त काठमाडौँ रेफर गर्न जानकी मेडिकल जनकपुरले तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । सम्सी–७ का भोगेन्द्र यादवले तस्करसँग पेट्रोल खोसी आगोमा नष्ट गर्न खोज्दा दुर्घटना हुन पुगेको सहकर्मी राजिव रायले जनाएका छन भने उनको उपचार जनकपुरमा सम्भव नभएको र काठमाडौँ लैजाने तयारी भैरहेको समेत बताए । यता तस्कर भने घटना लगतै फरार भएका छन भने तस्करको पहिचान खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप