एक सय बोकोहराम लडाकूको मृत्यु
बुधबार, १६ मङ्सिर २०७२, २१ : १५
क्यामरुन– क्यामरुनको सेनाले नोभेम्बर २६ देखि २८ सम्म सञ्चालन गरेको सुरक्षा कारबाहीमा करिब १०० जना बोकोहराम लडाकूको मृत्यु भएको यहाँको सेनाले बुधबार जनाएको छ ।
सुरक्षा कारबाहीमा झन्डै ९०० बन्धक नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित उद्धार गरिएको क्यामरुनको रक्षा मन्त्रालयले बताएको छ ।
सरकारी सुरक्षा अधिकारीबाट सञ्चालित आतङ्ककारीविरुद्धको विशेष सफाया अभियानमा सेनाले सोचेभन्दा निकै सफलता पाएको भन्दै अभियानमा सहयोग पु¥याउने सबैलाई मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ ।
सुरक्षा कारबाहीमा ठूलो सङ्ख्यामा विद्रोहीहरुले प्रयोग गर्दै आएको आश्रयस्थल तथा हतियारलाई कब्जामा लिन सफल भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण