बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

दुर्घटनामा पैदलयात्रुको मृत्यु

बिहीबार, १७ मङ्सिर २०७२, १० : ५९
बिहीबार, १७ मङ्सिर २०७२
मोरङ– मोरङको विराटनगर उपमहानगरपालिका पिपलचोकस्थित कोसी राजमार्गमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्रु विराटनगर– ४ का अन्दाजी ३५ वर्षीय महेन्द्रप्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ । को८प ९५६ नंको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा न्युरो अस्पताल, विराटनगरमा गएराति नै मृत्यु भएको हो । मोटरसाइकल चालक विरानटनगर– १२ का हीरा अन्सारीसमेत गम्भीर घाइते भएकाले उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप