बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रसियाली विदेशमन्त्री टर्कीसँग भेट्न तयार

बिहीबार, १७ मङ्सिर २०७२, ११ : ०५
बिहीबार, १७ मङ्सिर २०७२
रसिया–रसियाका विदेशमन्त्री सर्जेइ लाभरोभले बुधबार पत्रकारसँगको कुराकानीमा रसिया र टर्कीबीच रसियाली युद्धक विमान टर्कीमा दुर्घटना भएपछि देखिएको सम्बन्ध सुधारका लागि यसैहप्ता उनका टर्केली समकक्षीसँग प्रत्यक्ष वार्ता गर्न इच्छुक रहेको बताएका छन् । लाभरोभले आफू यही बिहीबार वा शुक्रबार बेलग्रेडमा भइरहेको युरोपेली सुरक्षा तथा समन्वय सङ्गठन (ओएससीई) मन्त्रीस्तरीय परिषद् बैठकको सिलसिलामा टर्कीका समकक्षी मेभलट कोभुसोभ्लुसँग भेट्न चाहे पनि टर्की भने यसमा अनिच्छुक रहेका दावी गरे । हामीबीचको यो सम्पर्कलाई गुमाउनु ठिक हुने छैन, लाभरोभले भने । हामी कोभुसोभ्लुको यस सन्दर्भमा प्रतिक्रिया आउने छ भन्नेमा पूर्ण विश्वास गर्दछौं । सम्भवत पहिले सार्वजनिक रुपमा भनिएको भन्दा फरक केही नयाँ कुरा आउने छ, उनले थपे । रसिया र टर्कीबीचको सम्बन्धमा अङ्कराले आफ्नो सिमानामा मस्कोको युद्धक विमान खसालेपछि गहिरो तथा नकारात्मक असर देखिएको छ । यस सन्दर्भमा कुरा गर्न टर्कीका राष्ट्रपति रेसेप तैयप उर्डोगानले आफ्ना रसियाली समकक्षीलाई संयुक्त राष्ट्रसङ्घ जलवायु सम्मेलनका अवसरमा पेरिसमा भेट्न चाहेको तर रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले यसको बेवास्ता गरेको टर्कीको भनाई छ । रसियाली राष्ट्रपति पुटिनले विमान दुर्घटना सम्बन्धमा टर्कीले माफी माग्नुपर्ने बताउँदै आएका छन् । पुटिनले टर्की आफ्नो सीमा सुरक्षा अधिकारका लागि होसियारीका साथ काम गर्नुपर्ने बताउँदै विमान दुर्घटना गराउनु उसको कमजोरी भएको बताएका ह्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप