खोटो बोकेर पढाई खर्च जुटाउँछन विद्यार्थीहरु
बिहीबार, १७ मङ्सिर २०७२, ११ : २५
जाजरकोट–यहाँका अधिकांश बालबालीकाहरु शुक्रवार र शनिवार खोटो संकलन गर्ने बाकसहरु बोकेर पढाई खर्च जुटाउने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका जिल्लाको खगेनकोट, ढिमे र लहँ गाविका सयौँ विद्यार्थीहरु खोटो संकलन गर्ने बाकसका भाडा बोकेर रकमको जोहो गर्न थालेका हुन् ।
यी तीनवटा गाविसमा वंगलामुखी र सुर्यमुखी कम्पनीले खोटो संकलन गरिरहेका छन् । प्रतिवाकसबवोकेवाफत रु ८ रुपैयाँ पाइने गरेको पंञ्च भयार मावि खगेनकोट–७ जिकुवामा कक्षा ६ मा पढ्ने धनवीर चदाराले बताए । खगेनकोटका अधिकांश दलित बालबालीकाहरु शुक्रबार र शनिबार बाकस बोक्न रुकुमको राडीमा पुग्छन् र करिव ४ घण्टाको उकालो बाटोबाट खोटो संकलन गर्ने खाली बाकस बोकेर मंसिरी, लुपाना, काडाँलुपाना, भरगाउँ लिएर रकम बुझेर फर्कन्छन् । साँघुरो अफ्ठयारो बाटोमा लड्ने समस्या उत्तिकै हुने अर्का धनवहादुर कामीले बताए ।
यहाँका अधिकांश दलित बालबालीकाका अभिवावकहरु भारतमा कमाई गर्न जाने गर्दछन भने छोराछोरीहरु खोटो संकलन गर्ने बाकस बोक्ने, अन्य भारी बोक्ने काम गर्दछन् । यसरी बोकेर आएको रकमबाट उनीहरु कापी, कलम, कपडा किन्ने गर्दछन् ।
खोटो संकलन गर्ने बाकसहरु हलुका हुने भएका कारण धेरै बोक्न सकिने लहँका कक्षा ७ मा पढ्ने कालीवहादुर विकले बताए । यातायातको सुविधा हुने ठाउँसम्म यी भाडाहरु सवारी साधनमा बोकाइन्छन् भने अन्य ठाउँमा बालबालीकाहरु नै प्रयोग हुने गरेका छन् । जिल्लाको ठिमे गाविसमा सबैभन्दा वढी यी बाकसहरु बोक्ने काममा बालबालीकाहरु प्रयोग भएका छन् ।
यहाँका अधिकांश बालबालीकहरु बाकस बोकेरै आप्नो सवै खर्च गर्ने गरेको प्रेम मल्लले जानकारी दिए । बालबालीकाहरुलाई बाकसहरु बोकाउँदा धेरै रकम दिनु नपर्ने भएका कारण खोटो संकलन गर्ने कम्पनीहरु बालबालीकाहरु नै बढी प्रयोग गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण