बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जन्तीबस दुर्घटना हुँदा ३३ घाइते, तीन जनाको अवस्था गम्भिर

बिहीबार, १७ मङ्सिर २०७२, १२ : ०२
बिहीबार, १७ मङ्सिर २०७२
काठमाडौँ– सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीबाट जन्ती लिएर काठमाडौँ आउँदै गरेको ना ४ ख ९२०१ नम्बरको यात्रुबस काठमाडौँको उत्तरपश्चिम जहरसिंहपौवामा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय साँखुका प्रहरी निरीक्षक उमेश जोशीले जानकारी दिए । घाइतेमध्ये १७ जनाको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु, १३ जनाको लाइफकेयर अस्पताल साँखु तथा तीनजना गम्भीर घाइतेको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको उनले जानकारी दिए । ओरालोमा ब्रेक फेल भएर बस एकसय मिटर तल खसेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप