बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

छोराको हत्या गरेको भन्दै श्रीमानद्धारा श्रीमतीका नाममा प्रहरीमा उजुरी

बिहीबार, १७ मङ्सिर २०७२, १२ : ०८
बिहीबार, १७ मङ्सिर २०७२
दाङ–तुलसीपुरमा श्रीमतीले नाबालक छोराको हत्या गरेको भन्दै श्रीमानले श्रीमतीका नाममा कर्तव्य ज्यान सम्बन्धि प्रहरीमा उजुरी दिएका छन् । पवननगर–७ खैरीपुर निवासी २३ बर्षीया सुनिता भण्डारीले ३ बर्षका छोरा सुजल भण्डारीलाई विष सेवन गराएर हत्या गरेको भन्दै श्रीमान प्रेम भण्डारीले प्रहरीमा लिखित उजुरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । आफु बाहिर रहेको समयमा श्रीमतीले जेठो छोरा ६ बर्षका सुजन भण्डारी र र कान्छो छोरा ३ बर्षका सुजल भण्डारीलाई मंगलबार विहान ट्राइजोफोर्स नामक विषादी खुआएको उजुरीमा लेखिएको छ । बिस सेवनबाट कान्छा छोराको मृत्यु भए पनि जेठो छोरा भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । दुवै छोराको हत्या गर्ने उद्देश्यले बिष सेवन गराएको प्रहरीले बताएको छ । घरयासी सामान्य विवादका कारण भमकेखोलाको पुल नजिकै रहेको बटवलपुर नर्सरीमा लगेर दुवै छोरालाई औषधी खुवाएको आरोपी आमाले प्रहरी समक्ष बयान दिएकी छन् । विष खुवाएपछि छट्पट्टिएका दुवै बालकलाई स्थानीयको सहयोगमा राप्ती अञ्चल तुलसीपुरमा उपचारका लागि ल्याएको केहि समयमै चिकत्सकले सुजललाई मृत घोषणा गरेका थिए । आवेगमा आएर घटना घटाए पनि अहिले पश्चताप भएको भन्दै बयान दिएको प्रहरीले बताएको छ । प्रहरीले छोराको हत्या गरेको आशंकामा अस्ति नै आमालाई नियन्त्रमा लिएको थियो । प्रहरीले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धि दुवै मुद्दा लगाउने तयारी गरेको छ । यसैबीच प्रहरीले पोष्टमार्टमा पछि बालकको शव आफन्तलाई बुझाएको छ । बालकको बुधबार साँझ अन्तिम दाहसंस्कार गरिएको छिमेकी आफन्त पर्ने भिमबहादुर वलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप