मधेसी मोर्चाका मागमा साझा धारणा बनाएर समस्या समाधान गर्न तीनदल सहमत
बिहीबार, १७ मङ्सिर २०७२, १२ : ५३
काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागमा साझा धारणा बनाएर सम्बोधन गर्न प्रमुख तीन राजनीतिक दल एकमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सत्तारूढ दल नेकपा (एमाले) सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच भएको बैठकले अहिलेको असहज परिस्थितिमा ठोस धारणा बनाएर छिटोभन्दा छिटो सहमति खोज्ने निर्णय गरेको हो ।
समस्या समाधानका लागि तीन दल एकमत भए पनि साझा धारणा कस्तो बन्यो र आन्दोलनरत पक्षसँग कहिले वार्ता हुने हो भन्ने कुरा बाहिर ल्याइएको छैन । यद्यपि नेताहरुले आजै वा छिटोभन्दा छिटो मधेसी मोर्चासँग वार्तामा बस्ने बताएका छन् ।
बैठकले अहिलेको अफ्ठ्यारो अवस्थालाई चिर्न छिटोभन्दा छिटो समाधान खोज्ने सहमतिका साथ एकताबद्ध भएर अगाडि जाने निष्कर्ष निकालेको उपप्रधानमन्त्री भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए ।
एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावलले भने, “हाम्रा बीचमा अहिलेको समग्र अवस्थाबारे गम्भीर रुपमा छलफल र समीक्षा भयो । समस्या समाधानका लागि अहिले उठिरहेका जे जति विषय छन् ती विषयलाई टुङ्गो पु¥याउन पुनः आन्दोलनरत पक्षसँग वार्ता गरी त्यसबाट निस्कने निष्कर्षलाई कार्यान्वयन गर्ने सहमति भएको छ ।”
काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तीन दलबीच मुलुकको समग्र परिस्थितिबारे छलफल भएको र अहिलेको समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भन्ने निष्कर्ष निकाले बताए ।
उनले भने – “आजको छलफल सदाको भन्दा एक दुई कदम अगाडि छ, सकारात्मक छ, मधेसी मोर्चाका साथीहरुसँग बसेर छलफल गरेपछि मात्रै हाम्रो संयुक्त धारणा बन्छ । त्यसकारण उनीहरुलाई छिट्टै छलफलमा बोलाउँछौँ र आजको छलफलबाट जे जति हामीले बुझ्यौँ सरकारबाट जति सूचना हामीले पाएका छौँ त्यसले संवादबाट निष्कर्ष निकाल्न सकिन्छ भन्ने हाम्रो ठहर छ ।”
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसमा चलिरहेको आन्दोलन र नाकाबन्दीका सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्दर्भमा केही ठोस धारणा तय गरेको जानकारी दिए । उनले भने– “बैठकले अहिलेको समस्या समाधानका लागि केही ठोस धारणा तय गरेको छ । त्यस आधारमा आज वा सकेसम्म छिटो आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्ने निर्णय गरेको छ । देशको असहज परिस्थितिलाई कुनै पनि ढङ्गले ढिलो नगरीकन समाधान गर्न सबैलाई अपिल गरेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण