बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

निलम्बित खेलाडीलाई मैदानमा उतारेपछि रियाल कोपा डेल रेबाट बाहिरिन सक्ने

बिहीबार, १७ मङ्सिर २०७२, १४ : ०१
बिहीबार, १७ मङ्सिर २०७२
काठमाडौं– निलम्बित अवस्थामा रहेका खेलाडीलाई मैदानमा उतारेपछि रियाल म्याड्रिड स्पेनको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेइबाट बाहिरिने सम्भावना बढेको छ । काडिज विरुद्धको खेलमा रियालका लागि डेनिस चेरिसेभले गोल गरेका थिए । तर उनी पछिल्लो समय निलम्बनमा छन् । काडिजका अध्यक्ष म्यानूयल भिजकाइनोले यस घटनालाई लिएर क्लबले फुटबल संघमा उजूरी गर्ने बताएका छन् । यदी यस घटनामा रियाल दोषी पाइए स्वतः प्रतियोगिताबाट बाहिरिनेछ । यसअघि गत सेप्टेम्बरमा ओशासुनाले निलम्बित खेलाडी यूनाई ग्रासियालाई खेलाएको पाइएपछि उक्त क्लब प्रतियोगिताबाट बाहिरिएको थियो । गत सिजन भिल्लारियालबाट खेल्दा चेरिसेभले रातो कार्ड खाएपछि उनीमाथि यस वर्ष लागू हुनेगरी एक वर्षको प्रतिबन्ध सुनाइएको थियो । तर, यस वर्ष काडिज विरुद्ध पहिलो लिगमा राफाल बेनिटेजले चेरिसेभलाई खेलाए र उनले काडिजको घरेलु मैदानमा रियालका लागि सुरुआती गोल गरे । रियालले खेल ३ १ ले जित्यो । खेलको मध्यान्तरमै चेरिसेभको गत वर्षको प्रतिबन्धको विषय चर्चामा आएपछि दोस्रो हाफमा ४० सेकेन्डभित्रै राफाल बेनिटेजले उनलाई मैदानबाट निकालेका थिए । काडिजले उजूरी गरेको खण्डमा अब रियाल म्याडिडमाथि समस्या पर्ने बताईएको छ । काडिजका अध्यक्ष भिजकाइनोले भनेका छन्, हाम्रो क्लबका लागि यो महत्वपूर्ण प्रतियोगिता हो । त्यसैले यो अवस्थामा यथाशक्य समाधान जरुरी छ । हामीले रियाल म्याडिडको विरुद्ध उजूरी गर्ने निर्णय बोर्ड बैठकबाट गरिसकेका छौँ । अन्त्यमा फुटबलप्रति सबैको सम्मान हुनु जरुरी छ । यो निर्णय लिनुपर्दा हामीलाई धेरै दुख लागेको छ किनकी रियाल म्याडिड हाम्रो मैत्रिपूर्ण सम्बन्ध भएको क्लब हो । तर यो निर्णय हामीले निर्विरोध रुपमा लिएका छौँ । हामी रियाल म्याडिडका अधिकारीहरुसँग पनि यस विषयमा छलफल गर्नेछौँ र प्रतियोगिताका निर्णायकहरुले दिने निर्णय स्विकार्नेछौँ । केही पत्रिकाहरुले बोज्रा मायोराल पनि निलम्बित अवस्थाका खेलाडी रहेको बताएका छन् । उनी रियालको टोलीमा सहभागि भएपनि बेन्चमै थिए । यसअघि गत वर्ष कोपा डेल रेइको युवा प्रतियोगितामा रातो कार्ड खाएपछि उनी निलम्बनमा परेको बताइएको छ । रियाल म्याडिडका पूर्व स्टार तथा संस्थागत सम्बन्ध हेर्ने निर्देशक इमिलियो बुट्रागुइनोले चेरिसेभ गत वर्ष निलम्बनमा परेको स्विकार गरेनन् । रियाल म्याडिडले गत वर्ष भिल्लारियालमा छदाँ उनी प्रतिबन्धमा परेको जानकारी क्लबले नपाएको भन्दै यस विषयबाट उम्कने मौका खोजेको छ । यसअघि चेरिसेभले पछिल्लो सिजन ऋणमा भिल्लारियालमा बिताएका थिए । क्लबका प्रशिक्षक राफा बेनिटेज भन्छन्, हाम्रो क्लबलाई चेरिसेभका विषयमा थाहा छैन् । भिल्लारियालले हामीलाई यस विषयमा कुनै जानकारी गराएन र हामीमध्ये कसैलाई पनि उनको प्रतिबन्धका सम्बन्धमा थाहा थिएन । मध्यान्तरपछि हामीलाई यसको जानकारी भयो । त्यसपछि मैलेँ उनलाई मैदान बाहिर निकालेर खेलप्रतिको हाम्रो विश्वास दर्शाए । हामीले गाह्रो अवस्थामा पनि उत्कृष्ट खेल्यो । जितपछि म खेलाडीहरुको मेहिनतलाई लिएर सन्तुष्ट छु । खेलपछि बुट्रागुइनोले चेरिसेभको निलम्बनको विषयमा जानकारी नदिएको भन्दै भिल्लारियाललाई दोषी देखाए । रियाल म्याडिडका प्रशिक्षक राफाल बेनिटेज प्रशासनिक समस्याका कारण झमेलामा फसको यो पहिलो अवसर होइन । यसअघि सन् २००१ मा भ्यालेन्सियामा हुदाँ उनले आवश्यक संख्याभन्दा धेरै युरोपबाहिरका खेलाडीलाई खेलेका थिए । त्यसकारण भ्यालेन्सिया प्रतियोगितामा डिसक्वालिफाइड भयो । रियालको यो कदमपछि हाँसोको फोहरा छुटेको भन्दै बार्सीलोनाका स्टार जेरार्ड पिकेले ट्वीट गरेका छन् । गत वर्ष बार्सीलोनाका लुईस सुआरेजमाथि फल खेलेका कारण चेरिसेभ प्रतिबन्धमा परेका कारण बार्सीलोनामा पनि यो घटनाले चर्चा पाएको छ । पछिल्लो समय स्पेनिस ला लिगामा बार्सीलोनासँग घरेलु मैदानमै ४ ० ले पराजित भएपछि निकै आलोचित देखिएको रियाल म्याडिडका लागि यो घटना अर्को संकटका रुपमा देखिएको छ । यसअघि गत सिजन चिरप्रतिद्धन्द्धी बार्सीलोनाले तीन प्रमुख उपाधी जित्दा रियाल खाली हात थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप