भारतीय राजदूतावासअगाडि धर्नामा बसेका २६ मानवअधिकारकर्मी पक्राउ
बिहीबार, १७ मङ्सिर २०७२, १४ : ४०
काठमाडौँ– नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा बिहान ११ बजेदेखि धर्नामा बसेका २६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरिएको समाजका सभापति गङ्गाप्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा सभापति अधिकारीसहित संस्थापक सभापति कृष्ण पहाडी, अधिकारकर्मी रेणुका पौडेल, कृष्ण कँडेल, प्रताप पौडेल, उत्तम पुडासैनी, पुष्पा केसी, रत्नलक्ष्मी श्रेष्ठ, बटुकृष्ण ढुङ्गेल, रेणुका काउचा, जानुका पन्तलगायत छन् ।
समाजले विश्व मानवअधिकार दिवसका अवसरमा मङ्गलबारदेखि १० दिने विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नाकाबन्दी मानवअधिकारमाथिको कुठाराघात हो भन्ने सन्देश सहित हस्ताक्षर सङ्कलन कार्यलाई तीव्रता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण