बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भारतसँगको मैत्रीमा कुनै कमी हुन नदिइने : मन्त्री सापकोटा

शुक्रबार, १८ मङ्सिर २०७२, ०६ : ०३
शुक्रबार, १८ मङ्सिर २०७२
काठमाडौँ– वनमन्त्री अग्नि सापकोटाले सरकारले भारतसँगको व्यापार तथा विनिमयलाई निरन्तरता दिने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने–“कुनै एक देशसँगको अन्तरनिर्भरतालाई न्यूनीकरण गर्न सरकारले चीन तथा बङ्गलादेशसँगको व्यापार सम्बन्ध बढाइरहेको भए पनि भारतसँगको मैत्रीमा कुनै कमी हुन दिनेछैनौँ ।” मन्त्री सापकोटाले मधेससहित ठूला राजनीतिक दल तथा विज्ञसहितको रायका आधारमा तराईको सीमाङ्कनसम्बन्धी विवाद संविधान संशोधनमार्फत आगामी तीन महिनाभित्र समाधान भएपछि अहिलेको असहज परिस्थितिको अन्त्य हुने बताए । तातोपानीको नाका खुलाउन अर्थ, भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको टोलीले भ्रमण गरी नाका खुलाउने तथा सङ्खुवासभाको किमाथाङ्का नाका खोल्न पनि सरकारले योजना गरिरहेको जानकारी दिए । अर्को एक प्रश्नको जवाफमा मन्त्री सापकोटाले सरकारले घटाउन सक्ने जति घटाएर सर्वसाधारणलाई सस्तो मूल्यमा दाउरा उपलब्ध गराउने र भूकम्पपीडितलाई काठ उपलब्ध गराउने वचन पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप