४८ हजार घुससहित अधिकृत कार्यालयबाटै रंगेहात पक्राउ
सोमबार, २८ मङ्सिर २०७२, १० : १४
जाजरकोट–जिल्ला वन कार्यालय जाजरकोटका सहायक जिल्ला वन अधिकृत लालबाबु झालाई सेवाग्राहीसँग घुस लिइरहेका बेला अख्तियारले पक्राउ गरेको छ । उनलाई अख्तियारको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट इन्स्पेक्टर कृष्ण विष्टको तेतृत्वमा गएको टोलीले वन अधिकृत झालाई आइतबार घुससहित पक्राउ गरेको हो । वन कार्यालयमा सेवाग्राहीसँग लिँदै गरेको ४८ हजार घुससहित झालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान गरिने अख्तियार क्षेत्रीय कार्यालय सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले जानकारी दिए ।
झाले पक्रिया नपुगेको भन्दै आलटाल गरेको र रकम माग गरेको भन्दै एक सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा झालाई निगरानी गरिएको र घुससहित पक्राउ गर्न सफल भएको अख्तियारले जनाएको छ । झाले विभिन्न बहाना बनाएर दुःख दिने गरेको र घुस माग्ने गरेको सूचना पाएपछि अख्तियारको टोली सुर्खेतबाट जाजरकोट पुगेको थियो ।
वन अधिकृत झाले जिल्लाबाट निकासी हुने वन पैदावारको छोडपूर्जी बनाउने र सिफारिस गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको बुझिएको छ । यता सहायक वन अधिकृत झाले भने आफूलाई नियोजित रुपमा फसाइएको बताएका छन् । रेजिना कम्पनीका दिपक रेग्मीवाट ४८ हजार लिएका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण