बीरगञ्ज बन्दरगाह अवरुद्ध गर्न खोज्ने मोर्चाका ११ कार्यकर्ता पक्राउ
वीरगञ्ज – बन्दरगाहको ढुवानी अवरुद्ध गर्न गएका ११ जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगंजको सिर्सिया सुख्खा बन्दरगहाको ढुवानी अवरुद्ध गर्न धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनका नेता कार्यकर्ताहरु विहान १ः३० बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले मधेशी दलका नेता शिवप्रसाद पटेल, नेजामुदिन समानी, कृष्णा पटेल, रामतुल्हा खाँन, जटाशंकर गुप्ता, धनई पटेल, स्कुर आलम, बिजय पटेल, आन्नद चतुर्वेद्धी, मोति साह,विणय सर्राफ लगायतका ११ जना धर्नाकारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक होबेन्द्र बोगटीले बताए । पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले ६ घण्टा पछि रिहा गरेको नायब उपरिक्षक बोगटीले बताए । वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दगाहको ढुवानी अवरुद्ध गर्नका लागी सोमबार दिउँसो १ बजेदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनका नेता कार्यकर्ताहरु धर्नामा बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण