बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रक्सीकोे ह्यांगओभर हटाउने विवादास्पद क्लिनिक शुरु

आइतबार, ०५ पुस २०७२, १४ : ४७
आइतबार, ०५ पुस २०७२

राती धेरै रक्सी खाएपछि भोलीपल्ट टाउको दुखेर अफिस जानका लागि तनावमा हुनुहुन्छ । अब चिन्ता नगर्नुहोस् किनभने रक्सीको ह्यांगओभर नै हटाउन क्लिनिक शुरु भएको छ । धेरै रक्सी खाएपछि शरीरमा त्यसको ह्यांगओभर देखिनु स्वभाविक हो । अस्टेलियामा त्यस्तो ह्यांगओभरबाट मानिसहरुलाई मुक्ती दिलाउन नयाँ क्लिनिक खुलेको छ । यस क्लिनिकले उपचार गर्दै मानिसहरुलाई ह्यांगओभरबाट छुटकारा दिने दाबी गरेको छ । क्लिनिकमा आईभी डपको समेत प्रयोग हुनेछ ।

मानिसको अवस्था र राती सेवन गरेको मदिराको परिमाण गरेर ३० देखी ४५ मिनेटसम्म उनीहरुलाई त्यस्तो थोपा खुवाइनेछ । त्यस्तै शरिरमा स्लाईन पानी दिइन्छ भने टाउको दुखाई कम गर्न अभ्यास पनि गराईन्छ । त्यसक्रममा भिटामिन बी र सीको प्रयोग हुन्छ । उपचार विधिमा एन्टीओक्सिडेन्टस् र अक्सिजनको समेत प्रयोग हुन्छ । यस उपचार केन्द्रमा भर्ना हुन १ सय ४० अमेरिकी डलरदेखी २ सय अमेरिकी डलर तिर्नुपर्छ । यस उपचार केन्द्रले तीन तरिकाबाट ह्यांगओभर समाप्त पार्ने योजना ल्याएको छ । जम्प स्टार्ट प्रारम्भिक प्याकेजे हो । यो प्याकेटमा आईभी हाइडेसनको एक लिटर, भिटामिन बी र सि तथा टाउको दुखाई सम्बन्धी उपचार हुन्छ । यस प्याकेजको मूल्य १ सय ४० अमेरिकी डलर छ । त्यस्तै , अर्को प्याकेज इनर्जिस हो । यस प्याकेजको मूल्य १ सय ६५ अमेरिकी डल छ । यसमा अक्सिजन उपचार विधि थप हुन्छ । त्यस्तै २ सय डलरको रिसर्रेक्सन उपचार विधि लिनेले एन्टीओक्सिडेन्ट बुस्ट पनि प्राप्त गर्नेछन् । यस कम्पनीका प्याकेजहरुलाई अनलाईनमार्फत बुक गर्न सकिनेछ । वर्षौसम्म स्कि खेलको प्रशिक्षण दिएपछि यस्तो वेभसाईट संञ्चालन गर्ने योजना फुरेको यस कम्पनीका संस्थापक म्याक्स पेटोले बताएका छन् । उनी स्कि पेटोले टिम रातभरी घण्टौँ रक्सी खाएपनि विहान निकै फ्रेस देखिदाँ छक पर्ने गरेका थिए । आईभि झोल, अक्सिजन र पेन किलर्सका कारण उनीहरु स्वस्थ देखिने गरेका थिए । वर्षौैदेखी डाक्टर, नर्स, खेलाडी र सेनाका व्यक्तिहरुले ह्यांगओभर घटाउन आईभी उपचार विधी अपनाउँदै खाएका छन् । त्यसैले सिड्नीमा पहिलो पटक हामीले यस चमत्कारिक उपचार विधी सन्चालनमा ल्याएका छौँ । जसका कारण तपाईहरुले रक्सी खाएपछि ह्यांगओभरको चिन्ता लिनुपर्दैन । यस कम्पनीको वेभसाईटमा उल्लेख छ । कम्पनीले अहिले सर्वसाधारणहरुले यस उपचार विधीका सम्बन्धमा सराकात्मक प्रतिक्रिया दिएको दाबी गरेको छ । तर स्वास्थ्य अधिकारी तथा सरकारी व्यक्तिहरुले कम्पनीको यस गतिविधीप्रति ध्यानाकर्षण भएको बताएका छन् । न्यु साउथ वेल्स लेबोर पार्टीले कम्पनीको यस नीतिले अत्याधिक रक्सी सेवनलाई बढावा दिने भन्दै विरोध गरेको छ । पार्टीका प्रवक्ता भन्छन्, २ सय डलरमा ३० मिनेटभित्रै ह्यांगओभरबाट मुक्त हुने भएपछि धेरैले अत्याधिक रक्सी खाने मन गर्नेछन् । त्यसैले यस्तो उपचार विधीले गैरजिम्मेवार तवरले रक्सी खान उल्टै मानिसहरुलाई प्रेरित गर्नेछ । यता, कम्पनीले पूर्ण तालिमप्राप्त स्वास्थकर्मीहरुमार्फत सेवा सञ्चालनमा ल्याएको भन्दै आफ्ना ग्राहकको सुरक्षा प्रमुख प्राथमिकता रहेको दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप