तेस्रो देशबाट सहज रुपमा कन्टेनर आउन थाले
बुधबार, २२ पुस २०७२, १० : १७
मोरङ–भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ ।
विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन् । तीन दिनअघि सम्म यो नाका भएर तेस्रो देशका मुस्किलले १२ वटासम्म मात्र कन्टेनर आइरहेका थिए । जोगवनीदेखि पर पाँच किलोमिटरसम्म बङ्गलादेशबाट आएका कन्टेनरको लाइन रहेको थियो । चार दिनअघि उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको प्रतिनिधिमण्डलले नेपालतर्फका भन्सार अधिकृतसमेतको उपस्थितिमा भारतीय भन्सार, प्रशासन र सुरक्षाकर्मीका प्रतिनिधिसँग भेटी आग्रहपछि भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण