उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का ! सफलतापूर्वक परीक्षण गरेको जानकारी
प्योङ्याङ–प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको जानकारी दिएको छ । सो देशले बुधबार उक्त परीक्षण गरेको र सो परीक्षण सफल रहेको जानकारी दिएको जनाइएको छ । बुधबार बिहान ठीक १० बजे सो परीक्षण गरेको र सो सफल भएको उत्तर कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले यस परीक्षणबाट उत्तर कोरिया वास्तविक आणविक शस्त्र मुलुकमा प्रवेश हो भन्ने कुरा प्रमाणित भएको जनाइएको छ । उक्त परीक्षण सफल भएको सरकारी जानकारीपछि विश्वका नेताहरुको विभिन्न प्रतिक्रिया आएको छ । उनीहरुले निशस्त्रिकरणका लागि गरिएको आग्रहका विरुद्ध उत्तर कोरियाले आणविक परीक्षणलाई अघि बढाएको भन्दै विरोध गरेका छन् । सो परीक्षणको समयमै कोरियाली प्रायद्वीपमा भूकम्पको धक्का पनि महसुश गरिएको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले त्यसै समयमा ४.९ रिक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरेको थियो । सोही बमको परीक्षणका कारण उत्पन्न भएको धक्काबाट पृथ्वीमा सो कम्पन आएको हो वा होइन भन्ने बारेमा भने उक्त संस्थाले केही बताएको छैन ।
रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण