स्थायी व्यवस्थापनका लागि मुक्तकमैयाको माग
शनिबार, २५ पुस २०७२, १२ : १४
दाङ–मध्य तथा सुदूरपश्चिमका पाँच जिल्लाका मुक्तकमैयाको दुईदिने भेलाले मुक्तकमैयालाई स्थायी व्यवस्थापन गर्न माग गरेको छ ।
कमैया मुक्ति आन्दोलनमा सक्रिय संस्था ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको समन्वयमा भएको भेलाको समापनमा आयोजित पत्रकार सम्मेलनमा मुक्तकमैया पुनःस्थापना निगरानी केन्द्रीय सङ्घर्ष समितिका संयोजक बिन्तीराम थारुले सरकारबाट पहिचान भइसकेका ३२ हजार पाँच सय नौ मुक्तकमैयामध्ये चार हजार ९६५ जनाले अझै जग्गा नपाएको जानकारी दिए ।
मुक्त कमैया निगरानी समूह कैलालीका संयोजक रामफल चौधरीले कैलालीमा मुक्तकमैयाको समस्या भयावह रहेकाले सरकारले थप पहल गर्नुपर्ने सुझाव दिए । भेलामा दाङ, बाँके, कैलाली, बर्दिया र कञ्चनपुरका मुक्तकमैयाको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण