यी दुईमा कसले बढि हँसाउछन् ?
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ३८ औं प्रधानमन्त्री हुन् । उनी जहाँको कार्यक्रममा जाँदा भाषण गर्दा व्यङ्य हानी–हानी हँसाउने काम गर्छन् । पछिल्लो समय त उनले हावादारी भाषण गरेको भन्दै सामाजिक सञ्जालमा उडाइनुसम्म उडाइएको छ । शुक्रबारमात्रै प्रधानमन्त्री ओलीले एमाले उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै ग्यासको पाइप चुला–चुलामा जोडदिन्छु भनेपछि उनको बारेमा सामाजिक सञ्जालमा अनेकन् टिप्पणी भएको थियो । हाँस्यकलाकार तथा मेरी बास्सैका चर्चित कलाकार धुर्मुर्सले प्रधानमन्त्री केपी शर्मा ओलीको दुरस्तै नक्कल गर्छन् । केपी ओलीको नक्कल गरेका धुर्मुसले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो मितज्यू भन्ने गर्छन् । प्रधानमनत्री ओलीलाई मितज्यूले कहिले एक वर्षमा हावाबाट बिजुली निकालेर लोडसेडिङ अन्त्य गर्ने त कहिले जनताको घर–घरमै ग्यासको पाइप पुर्याउने बताएर आलोचना खेपिरहेका बेला धुर्मुसले पनि एक भिडियोमार्फत गतिलै दनक दिएका छन् । छोटो समयमा नै धेरैपटक मन्त्रालय फुटाएपछि धुर्मुसले मितज्यूको चर्को आलोचना भइरहेकोतर्फ व्यंग्य गर्दै ‘नरपशु मन्त्रालय’ पनि थपेका छन् । कसले बढि हँसाउने ? प्रधानमन्त्री ओलीको नक्कल गरेको बेला धुर्मुस प्रधानमन्त्रीको जस्तै ड्रेसअपमा हुन्छन् । उनले बोल्ने शैली, हाउभाउ सबै ओलीको जस्तै हुन्छ । ओलीले पाइपलाइनबाट घरघरमा ग्यास पुर्याइदिने भन्दै अभिव्यक्ति दिएको बेला ओलीलाई नै दनक दिनेगरि एक भिडियो सार्वजनिक भएको छ । ओलीले आफ्नो भाषणबाट देश हँसाइरहेको बेला धुर्मुसले भने कलामार्फत उनै ओलीलाई ब्यंग्य गर्दै सनसनी मच्चाईरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण