कनकाईमा माई मेला सुरु
झापा– झापाको कनकाई नदीको किनारमा लाग्ने माइमेला आजदेखि सुरु भएको छ ।
अढाई लाख धार्मिक तीर्थालु भित्रने अनुमान गरिएको पूर्वकै ठूलो यस मेलाको सुरक्षार्थ ३०० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कनकाई नदीको दुवै किनारमा आजदेखि माघ २ गतेसम्म सो धार्मिक मेला लाग्नेछ ।
“असङ्ख्य तीर्थयात्री आउने मेलामा कुनै अप्रिय गतिविधि हुन नपाओस् भनेर सुरक्षा तैनाथी बढाउन लागिएको हो”–सुरुङ्गा इलाका प्रहरी चौकीका प्रमुख नवीनकुमार घिमिरेले भने ।
कनकाईको पूर्वी तटमा हुने मेलाको सुरक्षाको बन्दोवस्त विर्तामोड इलाका प्रहरी कार्यालयले र पश्चिम तटमा हुने मेलाको सुरक्षाको वन्दोवस्त झिलझिले इप्रकाले मिलाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीम दाहालले यसपाली मेलालाई पूर्ण सुरक्षित बनाउन विशेष सुरक्षा परिचालन गरिएको बताए ।
सुरक्षा योजनाबमोजिम पूर्वपश्चिम राजमार्गमा ठूलो सङ्ख्यामा ट्राफिक प्रहरी खटाएर राजमार्ग सुचारु गराइने भएको छ । “राजमार्ग कुनै हालतमा अवरुद्ध हुन दिने छैनौँ”–दाहालले भने ।
प्रहरीले राजमार्ग, मन्दिर, मेलास्थल, पुल र सुरुङ्गा बजारलाई विशेष फोकस गर्दै सुरक्षाकर्मीको युनिट खटाउने भएको छ जसमा मन्दिरमा महिला भक्तजनको सुरक्षाका लागि कम्तीमा १५ जनाको महिला प्रहरी टोली खटिने भएको छ ।
मेलामा जुवातास खेल्न र मदिराको बेचविखन गर्न नदिने विषयमा मेला आयोजक समिति, स्थानीय राजनीतिक दल, धार्मिक संस्था, नगरपालिका र सुरक्षा निकायबीच सहमति भइसकेको छ । यसलाई कार्यान्वयन गर्न प्रहरीले विशेष भूमिका निर्वाह गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण