मुलुकले चाँडै निकास पाउँछ : उपप्रम थापा
विराटनगर–उपप्रधानमन्त्री कमल थापाले मधेस केन्द्रित दलसँग निरन्तर वार्ता जारी रहेको र विवाद अत्यन्तै साँघुरिँदै गएकाले चाँडै नै मुलुकले निकास पाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रम थापाले मधेस केन्द्रित दलले उठाएका सवाललाई सम्बोधन गर्न सरकारका साथै नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) सम्मिलित कार्यदलले जारी राखेका वार्ता सकारात्मक रुपमा अगाडि बढेकाले चाँडैनै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
मधेस आन्दोलन पाँच महिनाभन्दा बढी भएकाले यसको मुलुकभरमै नकारात्मक असर परेको र जनजीवन कष्टकर भएकाले मधेसी मोर्चालाई तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन सरकारको तर्फबाट उनले आग्रहसमेत गरे ।
सरकारले प्रस्तुत गरेका तीनबुँदे अवधारणालाई भारत सरकारले पनि स्वागत गरेको चर्चा गदै परराष्ट्रमन्त्रीसमेत रहनुभएका उनले भारतसँग रहेको असमझदारी कूटनीतिक प्रयासबाट करिब अन्त्य भइसकेको स्पष्ट पारे ।
प्रधानमन्त्रीको चाँडै नै भारत भ्रमण हुने उल्लेख गर्दै परराष्ट्रमन्त्री थापाले यस भ्रमणबाट दुवै देशको सम्बन्ध अझ मजबुत हुने र भारतलगायत अन्य देशसँग सम्बन्ध विस्तार गरी विकासका गतिलाई तीव्रता दिइने जानकारी गराए ।
आपूर्तिका लागि वीरगन्जबाहेक अन्य नाका सहज भइसकेको चर्चा गर्दै उनले केही दिनमै मुलुकमा आपूर्ति व्यवस्थित हुने विश्वास प्रकट गरे ।
प्रदेश सीमाङ्कनको साझा अवधारणा बनाउन अत्यन्त संवेदनशील र जोखिम रहेकाले यसलाई तीन महिनाको अवधिमा उच्चस्तरीय संयन्त्रको सुझावको आधारमा समाधान गरिने, अन्य जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र राज्यको हरेक अङ्गमा समानुपातिक र समावेशी प्रतिनिधित्व सम्बन्धमा संसद्मा प्रस्तुत विधेयक पारित भएपछि मधेशका अधिकांश माग पूरा हुने जानकारी गराए ।
स्थानीय विकासमन्त्री समेत रहेका उनले स्थानीय निकायको निर्वाचन अहिलेको संरचनाकै आधारमा गराउने र मुलुकमा सङ्घीय संरचना निर्माण भएपछि सो संरचनाको आधारमा पुनः निर्वाचन हुने प्रष्ट पारे ।
सञ्चारकर्मीको जिज्ञासामा ऊर्जा सङकटको समाधानका लागि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पछाडि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले प्रकृतिका कारण असम्भव रहेका गाविसबाहेक अन्य गाविसमा मोटरबाटो पु¥याउने विषय आफूले हचुवाको भरमा नबोलेको स्पष्ट गर्दै सरकार योजना कार्यान्वयनका लागि अग्रसर रहेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण