वार्ता सफल बनाउन लचिलो बनौँ : उपप्रम गच्छदार
विराटनगर–उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ठूला दल र मधेसवादी दललाई आफ्नो अडान छोडी लचिलो भएर वार्तालाई सफल बनाउन अग्रसर हुन आग्रह गरेका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मोर्चालाई अतिवादी सोचाइलाई त्यागेर सीमाङ्कनको विषयमा लचिलो हुन आग्रह गरे ।
सीमाङ्कनको विवाद समाधानका लागि झापा, मोरङ र सुनसरीलाई टुक्र्याउन नहुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले यी जिल्लालाई टुक्र्याएको खण्डमा आफ्नो पार्टीले शान्तिपूर्ण आन्दोलन गर्ने बताए ।
उहाँले मधेसवादी दलको मागलाई पूरा गर्न र पूर्वी क्षेत्रका जनताको भावनालाई समेट्न झापा, मोरङ, सुनसरी र सिरहाको केही भागसमेत गरी आठ प्रदेश बनाउनु नै उत्तम विकल्प रहेको धारणा प्रकट गरे ।
उनले पश्चिमको कैलाली र कञ्चनपुरलाई तल्लो तथा पाल्पा, गुल्मी र अर्घाखाँचीलाई उत्तरतर्फको प्रदेशमा मिलाउनुपर्ने सुझाव पनि दिए ।
मुलुकका सामु धेरै सङ्कटपूर्ण समस्या रहेको चर्चा गर्दै उपप्रधानमन्त्री गच्छदारले सरकारले जनतालाई सुविधा दिनका लागि तत्पर भएर कार्य गरिरहेको जानकारी गराए ।
सरकारसँग कुनै जादुको छडी नरहेको भन्दै उनले कठिन परिस्थितिमा सरकार बनेकाले क्रमिक रुपमा समस्या समाधानका लागि जनताका साथै सबै दलको सहयोग अपरिहार्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण