‘फन्को’ प्रिमियर : ‘रेखा थापा स्टाइलको चड्किलो भड्किलो’लाई रेखाकै ताली
काठमाडौं – ‘सुनगाभा’मार्फत फिचर सिनेमा निर्देशनमा प्रभावशाली उपस्थिति देखाएका कलाकार सुवर्ण थापाको दोस्रो सिनेमा ‘फन्को’को बुधबार प्रिमियर शो गरियो । शोमा सञ्चारकर्मीका साथै नेपाली सिनेमाका चर्चित कलाकारहरूको उपस्थिति थियो ।
‘आफ्नो लागि पनि एउटा पैन्ट किन्, रेखा थापा स्टाइलको, अलि चड्किलो भड्किलो ।’ सिनेमामा यो संवाद चलिरहँदा रेखा थापा स्वयम् उपस्थित थिइन् । उनीलगायत दर्शकको ताली पायो संवादले ।
सिनेमाको इन्टरमिसनमा दयाहाङ राईले धेरै बधाइ थापे । सौगात मल्ल, प्रियंका कार्की र केकी अधिकारीको प्रशंसा गर्ने पनि उत्तिकै थिए । अनुप बरालचाहिँ सोचेजति जमेनन् भन्ने प्रतिक्रिया थियो धेरैको । सिनेमाले दर्शकलाई तान्ने प्रक्षेपण उपस्थितहरूले गरिरहेका थिए । ‘मलामी’, ‘छोरा’जस्ता ‘सर्ट सिनेमा’बाट आफ्नो निर्देशन क्षमता देखाइसकेका सुवर्ण ‘फन्को’मा व्यवसायिक रूपले पनि सफल हुने लक्षण देखिएको प्रतिक्रिया सुनियो ।
शुक्रबारबाट हलमा आउने सिनेमा नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । चेतन सापकोटाको संगीत र स्वर रहेको गीत ठुङ्दे अहिले लोकप्रिय भएको छ । इन्दिरा जोशीको नृत्यसहितको स्वर रहेको ‘लोकल ब्यूटी’ दर्शकले बोनसमा प्राप्त गर्नेछन् । हेरौं, प्रिमियरमा बिजु महर्जनले खिचेका केही तस्बिर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण