मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टहरामा बच्चा जन्माएपछि बेवारिसे नाबालकसहित सुत्केरीको उद्दार

बिहीबार, ३० पुस २०७२, १८ : ५४
बिहीबार, ३० पुस २०७२

उदयपुर – जिल्लाको रौता–९ मुर्कुचीबाट एक वेवारिसे नाबालकसहितको सुत्केरी महिलाको उद्दार गरिएको छ । मानसिक सन्तुलन गुमाएकी महिलाबाट जन्मेको बच्चासहित आमालाई जिल्ला बाल कल्याण समितिले उद्दार गरि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको होे । एक हप्ताअघि मुर्कुची बजार पुगेकी तराई मुलकी उक्त महिलाबाट आज विहान बच्चा जन्मिएपछि स्थानीयले बच्चालाई सुरक्षित स्थानमा लगेका थिए । मुर्कुचीस्थित कृषी बजारको टहरामा महिलाले बच्चा जन्माएको थाहा पाएपछि स्थानीय महिलाहरुले बालकलाई सुरक्षित राखी प्रहरीलाई खबर गरेको थिए । आमाको मानसिक सन्तुलन ठिक नभएको र बच्चाको स्याहारसुसार गर्न सक्षम नरेकाले उद्दार गर्नुपरेको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले बताए । प्रजिअ घिमिरेका अनुसार सुत्केरी महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा रहेकोले जानकारी प्राप्त भएकाले स्थानीय अधिकारकर्मी र महिला प्रहरी खटाई अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतकाअनुसार नाबालकको स्वास्थ्यस्थिति खतरामुक्त रहेको जनाएको छ । बच्चा पूर्णरुपमा स्वस्थ रहेको र आमाले बच्चालाई स्याहार गर्न सक्ने अवस्था नरहेकाले बच्चाको बैकल्पीक व्यवस्था गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा चुमललाल दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप