मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिवेणी धाममा दर्शनार्थीको घुइँचो

शुक्रबार, ०१ माघ २०७२, ०७ : ४३
शुक्रबार, ०१ माघ २०७२

परासी–माघे औँसीको अवसरमा नवलपरासीका त्रिवेणी धामलगायत चर्चित तीर्थस्थलमा आज बिहानैदेखि तीर्थालु भक्तजनको घुइँचो लागेको छ ।

नवलपरासीको त्रिवेणी धामसहित नारायणी नदीका आसपासका क्षेत्रमा बिहानैदेखि स्नान साथै पूजाआजा गर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।

त्रिवेणी धाममा लुम्बिनी अञ्चलका विभिन्न जिल्ला, चितवनसहित आसपासका जिल्ला र छिमेकी भारतीय क्षेत्रका हजारौँ तीर्थालुको उल्लेख्य सहभागिता रहेको छ ।

विशेषगरी आज माघे औंसीका अवसरमा विभिन्न धार्मिक तीर्थस्थलमा गई स्नानका साथै पूजाआजा गर्नाले पारिवारिक सुख समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप