मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुवावे र सामसुङ मोबाइल फोनहरुको मूल्य घट्यो (मूल्यसूचिसहित)

शुक्रबार, ०१ माघ २०७२, १७ : १५
शुक्रबार, ०१ माघ २०७२

काठमाडौं–हुवावे र सामसुङ मोबाइलबिचको प्रतिस्पर्धाको कारण ललितपुर मोबाइल कम्प्लेक्समा अब ग्राहकहरुले सस्तो मूल्यमा उच्चस्तरका फोनहरु खरिद गर्न पाउने भएका छन् । नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु उपलब्ध रहेका भएपनि त्यसमध्येका सबैभन्दा लोकप्रिय ब्राण्ड हुवावे मोबाइल र सामसुङ मोबाइलको मूल्य घटेको हो । ललितपुर लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्ना ग्राहकहरुलाई हुवावे तथा सामसुङ मोबाइलको खरिदमा विशेष छुट दिने भएको छ । कम्प्लेक्समा अब १ वर्ष वारेन्टिका साथ हुवावेको सबैभन्दा बढि बिक्री भएको र सामसुङको हट मोडलको मूल्य घटाएर उपलब्ध गराएको छ । ललितपुर मलमा रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुलाई अझ बढि सुबिधा र छुट दिने उद्देश्यका साथ हुवावे र सामसुङका विभिन्न मोडलका फोनहरु भारी छुटमा बिक्री गरिरहेको छ । कम्प्लेक्समा हुवावे जीप्ले मिनी १७,४०० रुपैयाँ, हुवावे वाई सिक्स १४,७०० रुपैयाँ, वाई ५४१ ८,०७० रुपैयाँमा उपलब्ध हुनेछ भने हुवावेको विश्वभर रुचाईएको पी ८ लाईटको २४,५०० रुपैयाँ तथा हुवावे अनर फोर एक्सको २१,००० रुपैयाँ तोकिएको छ । त्यसैगरी सामसुङ जेडवानको ६,००० रुपैयाँ, जे२को १२,२०० रुपैयाँ, सामसुङ ५३१ को १३,९०० रुपैयाँ, जे फाइभको १७,९०० रुपैयाँ, टि२३१ को १९,९०० रुपैयाँ तोकिएको छ भने जे सिरिजको स्मार्टफोन जे सेभेनको २२,९०० रुपैयाँमा उपलब्ध हुनेछ । कम्पलेक्सले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर कुनैपनि एशेसरिजको खरिदमा ३५ प्रतिशतसम्मको छुट दिएको छ भने पुरानो फोन साटेर नयाँ फोन लिने एक्सचेन्जको व्यवस्था पनि मिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप