भद्रपुर नगरपालिकाको बजेट १२ करोड भन्दा बढी
भद्रपुर–कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले स्थानीय निकायमा जननिर्वाचित प्रतिनिधि नहुनु कर्मचारी दोषी नभएको बताएका छन् ।
भद्रपुर नगरपालिकाको २२ औँ नगरपरिषद्को आज उद्घाटन गर्दै उनले दोस्रो संविधानसभाको निर्वाचनपछि छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता पूरा नहुनु दुर्भाग्य भएको उल्लेख गरे ।
स्थानीय निकायको निर्वाचन गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।
मन्त्री खरेलले प्रस्तुत बजेटमा स्थानीय स्रोत र साधनको परिचालन कम देखिएकाले नगरलाई विकसित, सफा, सुन्दर बनाउन नगरवासीको भूमिका पनि अग्रणी रहने बताए ।
नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले संविधानको कार्यान्वयबाट असन्तुष्ट जनताको चाहना पूरा हुने भन्दै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले बजेटको सफल कार्यान्वयनमा कर्मचारीको भूमिका महत्वपूर्ण रहने भएकाले यसमा ध्यान जानु आवश्यक छ भन्दै आफ्नो स्वार्थभन्दा राष्ट्र र जनताको स्वार्थ सर्वोपरी ठान्न कर्मचारीलाई आग्रह गरे ।
सांसद सुधिर शिवाकोटीले नगरका विकास चाहने नगरवासीले समयमै लाग्ने कर तिर्नुपर्ने सुझाव दिए ।
सो अवसरमा भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले आर्थिक वर्ष २०७३÷७४ को वार्षिक नीति तथा कार्यक्रमसहितको रु १२ करोड २८ लाखको अनुमानित बजेट प्रस्तुत गरे ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने रामबाबु खड्कालाई रु २० हजार राशिको पुरस्कार, पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकार गोविन्दचन्द्र क्षेत्रीलाई रु १५ हजार ५०० राशिको, पत्रकार गङ्गा बराललाई रु पाँच हजार ५०० राशिको प्रोत्साहित पत्रकारिता विकास पुरस्कार प्रदान गरियो ।
कार्यालयका सहयोगी पुष्पलाल रेग्मीलाई सम्मानसहित रु १० हजारको पुरस्कार प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण