डिलक्स बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, ०१ माघ २०७२, ०८ : ४६
चितवन–पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीमा पूर्व जाँदै गरेको डिलक्स बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
गएराति काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ४८४१ नंको डिलक्स बसले पैदल हिँडिरहेका उनलाई ठक्कर दिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
मृत्यु हुनेमा लोथर गाविस– ६ बस्ने ५० वर्षीय कृष्णलाल विक रहेको जिप्रका, चितवनले जानकारी दिएको छ ।
पैदल हिँडिरहेका उनलाई बसले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउने क्रममा उनको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण