ट्रक र बस ठोक्किँदा तीनजना गम्भीर घाइते
दाङ–दाङको त्रिपुर नगरपालिकाको सौरीकुलामा फेरि पनि ट्रक र बस ठोक्किएका छन् ।
गएराति तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना४ख ७५६० नंको ट्रक र घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ७८९ नंको बस एक आपसमा ठोक्किँदा तीनजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, दाङले दिएको जानकारीअनुसार यसरी गम्भीर घाइते हुनेहरुमा बसमा सवार त्रिपुर नगरपालिका–१० का ४० वर्षीय लीलाबहादुर बुढाथोकी, त्रिपुर–१ निवासी ३२ वर्षीय पलबहादुर नेपाली र भारत बहराइज घर भई दाङमा बस्दै आएकी ७० वर्षीया शान्तिदेवी चौहान रहेका छन् ।
घाइतेहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाइएको छ । बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि पनि त्यस स्थानमा स्कुल बस र किया गाडी ठोक्किँदा आठजनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण