न्यानो कपडा किन्न रु ४३ लाख ३० हजार राहत वितरण
शुक्रबार, ०१ माघ २०७२, १० : २०
तनहुँ–जिल्लाको शुक्लागण्डकी नगरपालिकाले न्यानो कपडा खरिदका लागि भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयअनुसार नगरपालिकाले रातो कार्ड पाएका र रु १५ हजार राहत वितरण गरेका ५९३ मध्ये ५४३ जनालाई रकम वितरण गरिएको कार्यकारी अधिकृत हरिराम नागिलाले बताए ।
शुक्लागण्डकी नगरपालिकाले भूकम्प गएलगत्तै तत्काल राहतस्वरुप सबै पीडितलाई पाल तथा विभिन्न निकाय तथा सङ्घसंस्थासँग सहकार्य गरी खाद्यान्न, लत्ताकपडालगायत अन्य दैनिक उपभोग्य सामग्री वितरण गरेको थियो ।
राहतस्वरुप उपलब्ध गराइएको रकम पीडित परिवारको परिचयपत्र र जग्गाधनी प्रमाण पुर्जाका आधारमा राजनीतिक दल र वडा नागरिक मञ्चको उपस्थिति तथा समन्वयमा वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण