मुसहर बस्तीबाट आँशु पुछ्दै निस्किएका धुर्मुस–सुन्तलीले सरकारको आँखा खोलिदिए (फोटोफिचर)
महोत्तरी–केही दिनअघि हाँस्यकलाकार धुर्मुस र सुन्तली महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर–२ स्थित मुसहर बस्तीमा पुगेर देखेको उनीहरुको काहाली लाग्दो अवस्थाबाट भावुक बनेर बस्तीबाट आँसु पुच्छ्दै निस्किएको खबर संचारमाध्यममा आएपछि बर्दिबास नगरपालिकालगायत अन्य टोलीहरु मुसहर बस्तीको अवस्था बुझ्न पुगेका छन् ।
बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की, एकीकृत सेवा केन्द्र बर्दिबासका प्रमुख सुरेन्द्र प्रधान, मालपोत कार्यालय बर्दिबासका प्रमुख गोपाल प्रसाद नकर्मी, बर्दिबास नगरपालिकाका १, २ र ३ का वडा सचिव नारायण बहादुर सेन ठकुरी, राष्ट्रिय मधेस समाजवादी पार्टीका महोत्तरी क्षेत्र नम्बर १ अध्यक्ष पिताम्बर महतो, एल.जि.सि.डि.पि. हेटौंडाकी रञ्जु यादव, बर्दिबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चुडामणी पोखरेल, जनता उच्च मावि बर्दिबासका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीलगायतका सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरु मुसहरहरुको अवस्था बुझ्न बिहिबार मुसहर बस्ती पुगेका हुन् । धुर्मुस र सुन्तली मुसहर बस्तीका मुसहरहरुको चिन्ताजनक अवस्था बुझ्न गएको भन्ने खबर संचारमाध्यममा दु्रत गतिमा आएपछि सरोकारवाला व्यक्तिहरु मुसहर बस्ती पुगेका हुन् । मुसहर बस्तीमा खानेपानीको लागि १० वटा सामूहिक धारा जडान गरिने बर्दिबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चुडामणी पोखरेलले बताए । बर्दिबास नगरपालिकाका वडा सचिव नारायण बहादुर सेन ठकुरीले मुसहर बस्तीमा सार्वजनीक शौचालय बनाउन नगर परिषद्बाट चार लाख बजेट विनियोजन गरिएको बताए ।
साथै बच्चाहरुको जन्मदर्ता, ठूला मानिसहरुको विवाह दर्ता, नागरिकता बनाउनबाट मुसहर समुदायपछि परेकोे महतोले औंल्याएका थिए । बस्तीको एकीकृत विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने मुसहर बस्तिको समाचार लेखिरहने पत्रकार महतोले जोड दिए । तत्कालका लागि मुसहर बस्तीमा चिसोबाट बचाउन उनीहरुलाई न्यानो कपडा उपलब्ध गराउनुपर्ने देखिएको छ ।
ओढ्ने ओछ्याउने सिरक–डसनाको अभावमा बढ्दो शितलहरले गर्दा उनीहरु रातभरी राम्रोसँग सुत्न पाएका छैनन् । त्यहाँका मानिसहरुलाई आङ छोप्न न्यानो लुगा तत्काल जुटाउनपर्ने आवश्यकता देखिएको स्थानीय गोविन्द प्रसाद पौड्ेलले बताए ।
बर्दिबास नगरपालिका किसानगरका सामाजिक अभियन्ता विन्देश्वर साहले धुर्मुस र सुन्तली अब एक हाँस्यकालकार मात्र नभएर देश र जन्तालाई सेवा गर्ने राष्ट्रिय व्यक्तित्व रहेको बताएका छन् । भूकम्प पीडितका लागि काभ्रेमा नमुना बस्ती नै बनाएका र त्यसयता मुलुकभर सरसफाई अभियानमा लागेका हाँस्यकलाकार जोडी सीतराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) महोत्तरीको लोपोन्मुख मुसहर बस्तीमा पुगेर सरकारलाई आँखा देखाएको साहले बताएका छन् । मुसहर बस्तीको उत्थान गर्न सबै मिली धुर्मुस र सुन्तलीलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
चिसोसँगै शीतलहर चलिरहेको बेला बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा पुगेर उनीहरूले एकीकृत विकासको पहल थालेको सुन्दा आफुलाई खुशी लागेको र उनीहरुलाई आफुपनि सहयोग गर्ने समाजिक अभियन्ता साहले बताएका छन् । विकास सँगसँगै मुख्य कुरा चेतना र सशक्तीकरण रहेको बताउँदै यो बस्तीको एकीकृत विकासका लागि सरोकारवालालाई अपिल गर्दै आफूहरू पनि लागिपर्ने धुर्मुस र सुन्तलीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण