मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोहितको लगातार दोस्रो शतक : अस्ट्रेलियासामु ३ सय ९ रनको लक्ष्य

शुक्रबार, ०१ माघ २०७२, १२ : ४३
शुक्रबार, ०१ माघ २०७२

ब्रिसबेन – अस्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृंखालामा रोहित शर्माले लगातार दोस्रो शतक बनाएपछि भारतले अस्ट्रेलियासामु जीतका लागि ३ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिलो एकदिवसीय खेलमा १ सय ७१ रन बनाएका रोहितले आजको खेलमा १ सय २४ रन बनाए । यसक्रममा उनले ११ चौका र ३ छक्का प्रहार गरे । अस्ट्रेलियाको घरेलु मैदानमा अस्ट्रेलियानै विरुद्ध लगातार दुईवटा शतक हान्ने उनी तेस्रो खेलाडी समेत बनेका छन् । गाबा क्रिकेट मैदानमा भारतका लागि कुनै पनि ओपनरको यो सर्वाधिक उच्च स्कोर पनि हो । खेलको ४२ औं ओभरमा उनी रन आउट भए । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको भारतको शुरुवात भने राम्रो भएन । ९ रनको स्थितिमा शिखर धवनलाई गुमायो । तर भारतका लागि रोहित र विराट कोहलीले शतकीय साझेदारी गर्दै टिमलाई ठूलो स्कोर तर्फ डोराए । रनआउट हुनअघि कोहलीले ५९ रनको योगदान दिए । त्यस्तै अजिंका राहानले पनि ८९ रन बनाएर रोहितलाई राम्रो साथ दिए । त्यसपछि भने छिटो रन बनाउने शुरमा भारतले लगातार विकेट गुमायो । ४२ औं ओभरमा ३ विकेटको क्षतिमा २ सय ५५ रनको अवस्थामा रहेको भारतले ८ ओभरको अन्तरमा ५ विकेट गुमायो । निर्धारित ५० ओभरमा भारतले ८ विकेट गुमाउँदै ३ सय ८ रन बनायो । अस्ट्रेलियाका लागि जेम्स फकनरले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप