मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नुवाकोट तारुकामा गौरा–पार्वती सामुदायीक हस्पिटल शिलान्यास

शुक्रबार, ०१ माघ २०७२, १२ : ५८
शुक्रबार, ०१ माघ २०७२

नुवाकोट–नुवाकोटको तारुका–२ आँपचौउरमा बुधबार गौरा–पार्वती सामुदायीक हस्पिटलको शिलान्यास गरिएको छ । वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा स्वीस नागरिकहरुको सहयोगमा उक्त हस्पिटल बन्न लागेको हो । भवन शिलान्यास गर्दै प्रमुख अतिथि लम्सालले प्रारम्भिक चरणमा दश कोठे पक्की भवन बन्ने बताए । करिब २ करोडको लगानीमा बन्न लागेको उक्त भवनको इन्जिनियरिङ समेत भईसकेको बताउँदै लम्सालले विस्तारै भवनहरु थपिदैँ जाने जानकारी दिए । तारुकासहित नुवाकोटका ग्रामिण क्षेत्रहरुमा राम्रो हस्पिटल नहुँदा जनताहरुले पाईरहेको सास्ती महशुस गरी हस्पिटल बनाउनको लागि विदेशी नागरिकसँगको सहकार्यमा आफुले संयोजन गरेको बताए । उनले आगामी ५ महिना भित्र भवन निर्माण कार्यको थालनी गरिने जानकारी पनि दिए ।

स्थानीयहरुमा खुशीको सिमा रहेन यसैगरी तारुकाका स्थानीय समेत रहेका समाजसेवी तथा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले आफ्नो पहलमा लम्सालले गरेको महान् कार्यको उच्च प्रशंसा गर्दै यो गुन तारुकालगायत नुवाकोटवासीले कहिलै तिर्न नसक्ने बताए । महान र पुण्य कामको सुरुवातका लागि उनले लम्साललाई विशेष धन्यवाद प्रकट गरे । राजधानीबाट लम्सालको नेतृत्वमा अधिकारीका साथै पर्यटन व्यवसायी माधव प्रकाश सुवेदीलगायतको टोली तारुका पुगेको थियो । हजारौँको संख्यामा उपस्थित भएका स्थानियहरुले उक्त टोलीको भव्य स्वागत÷सत्कार गरेका थिए । हस्पिटल बन्ने पक्का भएपछि तारुकालगायत आसपासक्षेत्रका स्थानियहरु खुशीले हर्षविभोर भएका छन् । यसैबीच हस्पिटल स्थापनार्थ स्थानियवासी तोयानाथ अधिकारी, शिव प्रसाद अधिकारी, विष्णु प्रसाद अधिकारी, शिव प्रसाद अधिकारी र कृष्ण प्रसाद अधिकारीले जग्गा निशुल्क अनुदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप