मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोठमा लुकाएको हतियार र गोली बरामद

शुक्रबार, ०१ माघ २०७२, १४ : ४२
शुक्रबार, ०१ माघ २०७२

मकवानपुर – नेपाल प्रहरीले मकवानपुरको नामटार गाविसको जंगलमा रहेको एक गोठमा लुकाइरहेको अवस्थामा हतियार र गोलीगठ्ठा फेला पारेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरस्थित भैसे प्रहरी चौकीबाट खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो । शुक्रबार बिहान लगभग ७ बजे प्रहरीको टोली उक्त स्थानमा पुगेर खोजतलास गर्दा उक्त हतियार बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको हतियारमा घरेलु पिस्तोल १ थान, म्यागजिन १ थान, ७.६५ एमएमको गोली १० राउण्ड, कटुवा पेस्तोल १ थान र ८ एमएमको गोली १० राउण्ड रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक शिशु शर्माका अनुसार उक्त क्षेत्रमा गाँजा तस्करहरुको ठूलो सञ्जाल रहेको र बरामद गरिएको हतियार पनि तस्करहरुले नै लुकाएको हुनसक्ने जानकारी दिए । ‘यसअघि पनि गाँजा तस्करविरुद्ध अभियान चलाउँदा त्यसक्षेत्रमा तस्करहरुले बन्दुक पड्काउने गरेका घटनाहरु भएका थिए । यो हतियार पनि उनीहरुले नै लुकाएको हुनसक्छ । यसबारेमा हामीले अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप