मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन नै लोभ्याउने लामाबगर (फोटो फिचर)

शुक्रबार, ०१ माघ २०७२, १४ : २५
शुक्रबार, ०१ माघ २०७२

दोलखा – दोलखाको सदरमुकाम चरिकोटबाट ७ कोष टाढा उत्तरी क्षेत्रमा अवस्थित लामाबगर आफँैमा प्राकृतिक रुपमा सुन्दरताले भरिपूर्ण स्थान हो । लामाबगरबाट गौरीशंकर हिमाल, लामाबगर उपत्यका, झरना र स्वदेशी लगानीमा बन्न लागेको ४ सय ५६ मेगावाटको जलविद्युत आयोजना अर्को आकर्षण हो । लामाबगरमा शेर्पा र तामाङ जातीको रहनसहन, गुम्बा र हिमाली क्षेत्रमा पाईने चौरीले त्यसमा अझ सुन्दरता थपिदिएको छ ।

च्छेतच्छेत झरनाले त मन कस्को लोभ्याउदैन होला र ? केहि बर्षसम्म अनकन्टार जस्तै रहेको लामाबगर पछिल्लो समय सडक पुगेसँगै पर्यटकिय रुपमा समेत विकसित भएको थियो । तर गत बैशाखको भुकम्पले सडकमा क्षति पुगेका कारण बाटो केहि असहज भएपनि स्थानीयको भाषा र साँकृति निकै लोभलाग्दो छ । लामाबगरको त्यही सुन्दरतालाई रातोपाटीकर्मी सुरज प्याकुरेल र संजीव दाहालले तस्वीरमा उतारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप